
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताउनुभयो । उहाँले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताउनुभयो । उहाँले देशमा आफ्नै नागरिक शरणाथी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताउनुभयो ।
उहाँले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्