२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सीमानामा पर्खाल र काँडेतार होइन, भावनाको काँडेतार लगाउन आवश्यक : रामहरि खतिवडा


585
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनुभयो । नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनुभयो ।

नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताउनुभयो ।