
इलाम । इलाममा कृषि क्याम्पस स्थापना भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ ।
इलाम नगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक कृषि क्याम्पसमा न्यून शूल्कमा अध्ययन गर्न पाउने भएपछि बाहिरी जिल्लाका विद्यार्थी समेत भर्ना भएका छन् ।
इलाम नगरपालिकाले गतवर्ष विएसी एग्रिकल्चरका लागि क्याम्पस स्थापना गरेको हो । विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेका विद्यार्थी, आइएस्सी गरेका, सिटिइभिटीमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले क्याम्पसमा पढ्न पाउँछन् ।
४८ जनाको कोटा रहेको क्याम्पसमा इलाम सहित विभिन्न जिल्लाका गरी ४८ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको क्याम्पसले एमएस्सी एग्रिकल्चर सञ्चालनका लागि पनि प्रक्रिया थाल्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्