
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ ।
ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।
पर्सास्थित कृषि सामग्री कम्पनीले १२ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदैछ । सो कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, चितवन, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ ।
सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्