२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाममा आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन


91
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुने छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

जयगढ–माझेठाना–रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ । चिसापानी–जंगलघाट बाजुराको बडिमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–बाजुराको बडिमालीका सडकका लागि पाँच÷पाँच करोड विनियोजन गरेको छ ।