१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता : प्रहरी महानिरीक्षक सिंह


130
Shares

काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो ।

उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनुभयो । महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनुभयो ।