१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तातोपानी र रसुवा नाका बन्द


6.006k
Shares

काठमाडौं । चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ ।

चीनको तिब्बतमा कोभिड १९ संक्रमण बढको भन्दै नेपालतर्फका दुबै नाका बन्द गरेको हो ।

रसुवागढी नाकाबाट गत शनिबार देखिनै मालसामान आउन बन्द भएकोमा तातोपानी नाकाबाट समेत बुधबारदेखि मालसामान आउन बन्द भएको नेपाली भन्सार कार्यालयहरुले जनाएका हुन् ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा अहिले ठप्प रहेको जनाइएको छ । तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको भन्सार अधिकारीले बताएका छन् ।