
फाइल तस्बिर
एजेन्सी । थाइल्याण्डले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई अस्थायी बसोबासको अनुमति दिएको छ ।
सरकार विरोधी प्रदर्शनकाका कारण गत जुलाईमा श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुरमा शरण लिन पुग्नु भएका राजापाक्षेले सिंगापुरको भिसा सकिएपछि थाइल्यान्डमा शरणका लागि आग्रह गर्नुभएको हो ।
थाइल्याण्डपछि राजापाक्षेले स्थायी शरण दिने तेस्रो राष्ट्रको खोजी गर्ने जनाइएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुतले राजापाक्षे अस्थायी रुपमा थाइल्याण्डको भ्रमणमा रहेको बताउँदै यहाँ रहँदा राजनीतिक गतिविधि नगर्ने वाचा गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्