
तेह्रथुम । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुई वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरेको छ ।
बिहिबार छथर गाउँपालिकामा भएकाे एक कार्यक्रमकाबीच छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हाे ।
छथर इसिजी मेसिन एक थान, मनिटर २ थान, अक्सिजन कन्सटेटर ३ थान, थर्ममिटर १० थान र बीपी सेट १० थान लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
अस्पताल तथा स्वास्थ्य चौकीको माग अनुसार गाउँपालिकाले गरेको सिफारिसको आधारमा स्वास्थ्य मन्त्रालयबाट सामाग्री उपकरण तथा सामाग्री ब्यावस्थापन गरी हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
छथर अस्पताल तथा सुदाप स्वास्थ्य चौकी र ओख्र्रे स्वास्थ्य चौकीलाई उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको छ । अन्य स्वास्थ्य चौकीमा पनि माग गरे अनुसार सामाग्री उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
जिल्लाको अन्यपालिकामा समेत स्वास्थ्य उपकरण तथा सामाग्री प्रदान गर्ने तयारी भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्