१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापामा २ जनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु


91
Shares

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको बिहिबार डुबेर मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

बिहिबार साँझ पौडी खेल्न घरबाट हिडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी गरेकाे थियाे । सोही क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिंचाई नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा बिहिबार राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना नहरमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।