
काठमाडौं । सूचना र प्रविधिको बढ्दो विकाससँगै नेपालको बैंकिङ प्रणालीमा समेत चुनौती थपिदै गएको छ ।
सफ्टवेयर प्रणाली ह्याक गर्नेदेखि लिएर सिस्टम बाहिरको मान्छेले नेप्सको साइबरमा आक्रमण गरेर पैसा लुट्ने गिरोह सक्रिय हुन थालेका घटना पुरानै भइसक्यो ।
तर, यस्ता घटना भइरहे पनि कतिपय घटना बाहिर नल्याउने र यस्ता घटना रोक्न नियमनकारी निकायले खासै चासो दिएको पाइँदैन ।
प्रविधिमा आएको विकासलाई अन्र्तराष्ट्रिय मूलुकहरूले सोही अनुरूप सुरक्षित बनाउँदै लगेका छन् । तथापि कम विकसित मुलुकका लागि यस्तो प्रविधिको प्रयोग निकै कम हुने गरेको छ ।
पहिला–पहिला एटिएम बक्स चोर्नेदेखि लिएर बैंककै कर्मचारीको मिलेमतोमा रकम चोरी हुने गरेकोमा आजकल भने दिमाग लगाएर ह्याकरले पैसा ट्रान्सफर गर्ने गरेका छन् ।
यसले नेपालमा प्रयोग भइरहको प्रविधि व्यवस्थित गर्ने चुनौती देखिएको सूचना तथा प्रविधि विज्ञ ईन्जिनियर उमेश कार्की बताउनुहुन्छ ।
प्रविधिको विकासलाई समय सापेक्ष स्तरोन्नत्ति गर्न नसक्नु, आइटी विज्ञ दक्ष नराख्नु कमजोरी पाटो हो । अर्कातर्फ नेपालमै बनाइएका सिस्टम प्रयोग नगरेर विदेशी सिस्टम ल्याउँदा विदेशीकै निशानामा नेपालको वित्तीय संयन्त्र पर्ने गरेको ईन्जिनियर कार्कीको भनाइ छ ।
प्रत्येक वर्ष ८ देखि १० घटनामा २ अर्बसम्म नोक्सानी हुने गरेको छ । कतिपय अदृश्य घटना भए पनि बैंकहरू नै बाहिर ल्याउन चाहँदैनन् ।
विद्युतीय अपराधका यस्ता घटनामा नगन्य बाहेक अरू घटनामा संलग्न गिरोह पत्ता लगाउन कठिन छ । यसका लागि गहिरो अध्यधन आवश्यक छ ।
सूचना प्रविधिमा बजेट कम हुनु, प्रविधि डिजिटीलाईजेसन नहुनु, समय समयमा पासवर्ड चेन्ज गर्ने र सार्वजनिक पासवर्ड प्रयोग नगरेमा विद्युतीय साइबर हमलाका घटना रोक्न सकिने विज्ञको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्