
काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा जेठो बहालको रुपमा चिनिएको लिच्छवीकालिन थंबही, ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ भइरहेको छ ।
ऐतिहासिक बिक्रमशील महाविहार, भगवान बहालमा महामंजुश्रीले लेखेको भनिएको सूवर्ण अक्षरको शतसहस्रिका प्रज्ञापारमिता पुस्तक पाठसहित पुस्तकको दुई पाना समेत प्रदर्शन गरिएको छ ।
नीलपत्रमा प्रज्ञापारमिता संस्कृत भाषा र रञ्जना लिपीमा लेखिएको छ । सो ग्रन्थमा २ हजार ३० पाना सुनको र २ पाना चाँदी रहेको छ । यहाँ महामञ्जुश्रीले लेख्नु भएका बौद्ध ग्रन्थ शतसहस्रिका प्रज्ञापारमिताको चारवटा संस्करण र नागार्जुनले शान्तिपुरबाट आएर नागलोकमा बसेर लेख्नुभएको मूल माध्यामिक गरी पाँच वटा ऐतिहासिक महत्वका पुस्तक रहेका छन् । यसको चार संस्करणलाई वायु, अग्नी, पृथ्वी र जल तत्वको रुपमा समेत लिने गरिन्छ ।
यस्तै, बहालभित्र सिहंसार्थबाहुको तिब्बत यात्रासँग सम्बन्धित भित्ते चित्रको प्रदर्शन पनि गरिएको छ । सन् १०३९ मा भारतबाट तिब्बत जानको लागि आएका अतिषा दिपंकर डेढ वर्ष यस विहारमा बसेर ध्यान र विहारमा भएका पाँचै वटा ऐतिहासिक पुस्तक अध्ययन गर्नुभएको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्