
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।
बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो । अब प्रशिक्षणमा ३० खेलाडी छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । यससँगै अब यु–१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन् ।
श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु– १७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ‘ए’ मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन् ।
यस्तै यु–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्