
बैतडी । महाकाली नदीमा बगेर दुई जना किशोरी बेपत्ता भएका छन् ।
शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका हुन् ।
किशोरीहरु बेपत्ता भएको खबर पाएपछि प्रहरी परिचालन गरिएको छ । घटनाबारे बुझ्नको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ पुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्