२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिन्धुलीमा नेवार समुदायले मनाए सामुहिक गाईजात्रा


845
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीमाडिमा स्थानिय नेवार जातीहरुले गाईजात्रा सामुहिक रुपमा लाखे नाँच मनाएका छन् ।

शुक्रबार सिन्धुलीमाडिमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेवार समुदायले नेवारी भेषभुषामा लाखे नाँच प्रस्तुत गरि बजार परिक्रमा गरेका हुन् ।

नेवा समुदाय सिन्धुलिको आयोजनामा सिन्धुलीमाडिको ढुङ्ग्रेवासबाट आयोजना गरिएको गाईजात्रा कार्यक्रम मुख्य माडिबजारमा पुगि समापन गरिएको थियो ।

सो अवसरमा नेवा समाज सिन्धुलिका पदाधिकारि तथा सदस्यहरु, नेवा समाज सम्वद्ध विभिन्न गुठिहरुका सदस्यहरु, विभिन्न पेशा व्यवसायिहरुको सामुहिक सहभागिता रहेको थियो ।

यस वर्ष दिवंगत भएका नेवार समुदायमा मृतकहरुको तस्बिरसमेत आफन्तजनहरुले प्रदर्शन गरेको नेवा समाजका तुलसिराम श्रेष्ठले बताउनुभयो ।

केहि वर्ष यता सिन्धुली जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेवार समुदायहरुले गाइजात्राका अवसरमा लाखे नाँच लगायतका कार्यक्रमहरुको आयोजना गरि सो पर्व मनाउँदै आएका छन् ।