१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


हवाई उडान जेठ मसान्तसम्म बन्द


0
Shares

काठमाडौं, जेठ ७ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो । सीमा नाका पनि बन्द गर्ने निर्णय गरिएको छ ।

यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।