१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


ब्राजिलमा एकैदिन थपिए कोरोना भाइरसका २० हजार संक्रमित


0
Shares

एजेन्सी, जेठ ८ । दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् ।

बुधबार एकै दिन १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेको छ । ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो देश हो ।

भाइरसका कारण बुधबार ८८८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १८ हजार ८ सय नाघेको छ ।

यसैबीच, मुलुक महामारीको नयाँ इपिसेन्टर बन्दै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाएका छन् ।

कोरोनाको विषाणुमार्छ भन्ने कुनै प्रमाण नरहेको हाइड्रोक्सिक्लोरोक्वीनले उल्टै मुटुमा समस्या हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिए पनि बोल्सोनारोले उक्त औषधि प्रयोगमा स्वीकृति दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै खाइसकेको औषधि भएकाले खान उनको सुझाव थियो ।

कोरोनाका संक्रमित ह्वात्तै बढेपछि ब्राजिलको स्वास्थ्य सेवामा ठूलो दबाब परेकाले केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी दिइएको छ ।