
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा छथर गाउँपालिका अध्यक्ष कप तेस्रो अन्तर स्थानीय तह स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएकाे छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश-१ का सांसद तथा पूर्वमन्त्री लछुमन तिवारीले साेही भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हाे । याे गाउँपालिकालाई खेलकुद क्षेत्रमा विकास गर्ने उदेश्यका गाउँपालिका अध्यक्ष कपको रुपमा खेलकुदलाई विकास गरिएको गाउँपालिका अध्यक्ष सन्तबीर लिम्बुले बताउनुभयो ।
छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । प्रतियोगितामा विजेता हुनेले नगद १ लाख, प्रमाणपत्र र मेडल पाउने उहाँले बताउनुभयाे। उपविजेताले भने नगद ६५ हजार, मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्