
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।
गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारका विषयमा दलहरूमा आन्तरिक छलफल सुरू भएको छ ।
प्रतिक्रिया दिनुहोस्