
ओखलढुंगा । ओखलढुंगामा नेवार परम्परा अनुसार निकालिने गाईजात्राको रौंनक छुट्टै देखिएकाे छ ।
नेवारी समुदायले एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेकाे छ । यय वर्ष भने निकै तामझामका साथ गाईजात्रासँगै रामायणसमेत निकालिएको छ । गाईजात्राको अवसरमा निकालिएको रामायणमा मृतकको शोककाव्य प्रस्तुत गर्ने गरिन्छ ।
सेतो पोसाकमा सजिएर गोलो घेरामा खुट्टाको चालले सामूहिक नृत्य गर्दै शोक काव्य प्रस्तुत गर्ने यहाँको पुरानो प्रचलन हो । मृतकको आत्माको चीर शान्तिको कामना गर्दै गाईजात्रा जसरी नै रामायण प्रस्तुत गर्दै नेवारी समुदायले जिल्ला सदरमुकाम परिक्रमा गर्ने गरेका छन् ।
मृतकको सम्झनामा निकालिएको गाईजात्रा सेलाएपछि राति अबेरसम्म रामायण प्रस्तुत गर्ने गरिन्छ । रामायणमा हार्मोनियम, तबला र मादललगायतका बाजा-गाजाका साथ मृतकको जीवनी समेटिएको शोक काव्य र शोकगीत गाउने प्रचलन छ । रामायण हेर्न सदरमुकाममा निकै ठूलो भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्