२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु, सयौं घरपरिवार विस्थापित


91
Shares

काठमाडौं । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण करिब २१ जना मानिसको मृत्यु भएको छ ।

अफगानिस्तानको लोगार, बार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण सयौं मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षा र अचानक बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका ३ प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ । साथै छिमेकी ३ प्रान्तहरूमा हजारौं हेक्टर खेत र दशाैं हजार बगैंचाहरू प्रभावित भएका छन् ।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जना भन्दा बढीको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।