
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले किसानहरुलाई लोकल कुखुराका चल्ला वितरण गरेकाे छ ।
फिक्कल गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई २ हजार ६ सय कुखुराका चल्ला वितरण गरेको हो।साेही गाउँपालिकाका वडा नं. २ का ७ जना र वडा नं. ५ का ६ जनालाई जनही २ सयका दरले लोकल कुखुराका चल्ला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।
याे गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने आर्थिक रूपमा विपन्न, कोभिड प्रभावित, एकल महिला, शारीरिक रूपमा अपांगता भएका र वैदेशिक रोजगारीबाट फर्किएका परिवारलाई कुखुरा वितरण गरिएको उहाँले बताउनुभयाे ।
स्थानीय स्तरमा लोकल जातका कुखुरा पालने प्रचलनमा कमी आएको अवस्थामा बजारमा भने लोकल कुखुराको राम्रो मूल्य पाउन सक्ने भएकाले कुखुरा वितरण गरिएको उहाँकाे भनाइ छ ।
विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले व्यावसायिक रूपमा कुखुरा पालन व्यवसाय सुरु गरेका विपन्न किसानलाई कुखुरा वितरण गरिएकाले चल्लाको पालन र हुर्काई-बढाई गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
विपन्न किसानहरुको मागको आधारमा कुखुराको खोर निर्माण गर्न जनही १८ हजार रुपैयाँ सहयोग समेत गरिएको फिक्कल गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्