३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजार २७ अंकले घट्यो, १ अर्ब ८७ करोडको कारोबार


104
Shares

काठमाडौं । आइतबार शेयर बजार २७.९२ अंकले घटेको छ । त्यस्तै, १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.०१ अंकमा झरेको हो ।

आइतबार शेयर कारोबार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँको भएको छ ।

२ सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर खरिद बिक्री भएको छ ।