८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काभ्रेमा विपद व्यवस्थापन सम्बन्धमा सरोकारवालासँग छलफल


234
Shares

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले विपद व्यवस्थापनका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख एवं प्रतितिनिधि, नागरिक समाज एवं विज्ञको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले स्थानीय तहको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

जिल्लामा हालसम्म ठूला विपद्का घटना नभएपनि अव्यवस्थित रुपमा सञ्चालित खानी तथा क्रसर र डोजरको प्रयोग गरेर जथाभावी मोटरबाटो निर्माण गरिएकाले कुनैपनि बेला विपत्ति पर्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।