१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा थुप्रिएको फोहोर उठाउन सत्ता गठबन्धनले गरायो सरकारको ध्यानाकर्षण


299
Shares

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाडौंको फोहोर बञ्चरेडाँडासम्म पु¥याउन सकिएको छैन । पानी परेपछि फोहोर सडकमै बगेको देखिन्छ । गठबन्धनका शीर्ष नेताहरूको बैठकले महंगी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ । महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको एक नेताले जानकारी दिनुभयो ।

बैठकमा मंसिर ४ मा हुने निर्वाचनलगायत समसामयिक राजनीतिबारे पनि छलफल भएको थियो ।