१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेजकर्मी विष्ट ‘मिडिया पर्सनालिटी अफ द इयर’ अवार्डबाट सम्मानित


104
Shares

बैतडी । बैतडीका पत्रकार विनोद सिंह विष्ट मिडिया पर्सनालिटी अफ द इयर अवार्डबाट सम्मानित हुनुभएको छ ।

ईमेजका बैतडी समाचारदाता विष्टलाई युवा सम्मेलनको अवसरमा आइतबार काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अवार्डसहित सम्मान गर्नुभएको हो ।

युवा, सामाजिक रुपान्तरणका कार्यहरु, उद्यमशीलता, कृषि, पर्यटन जस्ता क्षेत्रमा सकिृय रहेर बिभिन्न मिडियाको माध्यमबाट प्रचारप्रसार गरी युवाहरुलाई समेत उत्प्रेरणा दिने तरिकाबाट कार्य गरेको भन्दै अवार्ड प्रदान गरिएको हो ।

नेपाल युवा परिषद्ले उक्त अवार्ड देशभरीबाट आवेदन परेकाबाट विष्ट पनि छनौटमा पर्नुभएकोक हो।

नेपाल युवा परिषदले देशका विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सामाजिक अभियान्ताहरुलाई थप प्रोत्साहन गर्दै उनीहरुलाई अझै हौसला प्रदान गरी सक्रियताका साथ काम गर्न प्रेरित गर्ने हेतुका साथ अवार्ड प्रदान गर्दै आएको छ ।