
काठमाडौं । इजरायलले हवाई हमलाबाट सिरियामा ३ सैनिकको मृत्यु भएको छ ।
सिरियाको तटीय प्रान्त टार्टसमा भएको घटनामा ३ जना घाइते भएका हुन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियामा इरान समर्थित सेना र हिजबुल्लाह लडाकु लक्षित गरी पटक-पटक आक्रमण गर्दै आएको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मनिटरले सिरियामा पछिल्लो समय इरान समर्थित लडाकुहरु सक्रिय रहेका छन्। उनीहरु राजधानी दमस्कसमा पनि सल्बलाउन थालेपछि इजरायलले उनीहरु लक्षित आक्रमणमा तीब्रता दिएको हो ।
इजरायलले सिरियामा गरेकाे हवाई हमलाका कारण सोही क्षेत्रका अधिकांश घरहरुमा क्षति पुगेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्