
काठमाडौं । इजिप्टको गिजामा रहेको एक चर्चमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
गिजाको कोप्टिक अबु सिफिन चर्चमा करिब ५ हजार मानिसले प्रार्थना गरिरहेकाे समयमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । विद्युत सर्टभई आगलागी भएकाे आशंका गरिएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेकाे जनाइएकाे छ । आगलागीमा घाइते भएकाहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने त्यहाँका संचार माध्यमले जनाएका छन् ।
यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागीमा परेर ज्यान गुमाएका परिवारप्रति समबेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्