
काठमाडौं । योजनाविद् डा. हर्क गुरुङले ६ हजार मिटरमाथिका नेपालमा १३ सय १० हिमाल भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी ७ हजार मिटर बढी उचाइका हिमालको संख्या १ सय २२ र ८ हजार मिटर माथिका हिमालको संख्या १७ रहेको बताइन्छ ।
अहिलेसम्म पहिचान भएका भएका हिमालको तथ्याङ्क ४ सय ६८ हो, त्यसमा आरोहणका लागि ४ सय १४ हिमाल खुला भएका छन् । यी मध्ये ७२ हिमालमा त अहिलेसम्म आरोहण नै भएको छैन ।
विश्वमा हिमालै हिमालको देशको पहिचान बनाएको मुलुक नेपालको वैदेशिक मुद्रा आयको प्रमुख श्रोत हिमाल नै हो । तर, सरकार र पदमा बसेका व्यक्तिले चिन्न नसक्दा अमूल्य हिमाल प्रयोगविहीन बनेका छन् ।
यति सम्म कि बहुमुल्य हाम्रा यी सम्पत्ति हिमाल नेपालमा कति छन् भन्ने वास्तविक तथ्याङ्क न सरकारसँग छ, न त सम्बन्धित निकायसँग नै ।
नेपाल पर्वतारोहण संघको ३२औं साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालमा पर्वतारोहणका लागि अनुमति दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
यो आफैंमा सकारात्मक भए पनि हिमालको पहिचानसँगै अरु पूर्वाधारका विषय जोडिएर आउँछन् । यसका लागि भू–वनोटको अवस्था, भौतिक पूर्वाधार, दक्ष जनशक्ति मूलभूत आवश्यकता हुन् ।
यसमा सरकारको नीति नियमदेखि लगानी खाँचो रहेको पर्वतारोहण सम्बन्धी व्यवसायी बताउँछन् । उनीहरूका अनुसार मुलुकमा तत्काल खोल्न सकिने १ सय ७६ हिमाल रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा बताउनुहुन्छ ।
मुलुकको आय आर्जनको प्रमुखअ श्रोतको रूपमा रहेको हिमाल पछिल्लो समय काला पहाडमा परिवर्तन हुँदै गएको छ ।
यसमा केहि कमजोरी मुलुकका नीति नियम भए पनि प्रमुख कारण जलवायु परिवर्तनको असर मान्दै आएको छ । यस्ता सम्पत्ति संरक्षणमा सबैको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्