१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाषा, साहित्य र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव : प्रधानमन्त्री देउवा


52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएकाले संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रियस्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनुभयो ।

उहाँले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यक्त रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकाले खोजी गरी प्रकाशन गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताउनुभयो ।