
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब ३८ करोड बढी खुद नाफा कमाउन सफल भएको छ ।
टेलिकम अघिल्लो वर्षको तुलनामा १ अर्ब २५ करोडले नाफा बढाउन सफल भएको हो ।
अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड खुद नाफा गरेको थियो । यस्तै, कम्पनीको कूल आय ४२ अर्ब २० करोडबाट ५ प्रतिशत बढेर ४४ अर्ब ३२ करोड पुगको पनि कम्पनीले जनाएको छ । यस्तै, यस अवधिमा कुल सञ्चालन आय पनि करिब साढें ५ प्रतिशतले बढेर ३७ अर्ब ८८ करोड पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीको यस अवधिमा फोर जी सेवाको विस्तार भएर जीएसएम भ्वाईस सेवाको प्रयोग बढेर २ अर्ब ५५ करोड आम्दानी बढ्दा डेटातर्फ पनि ५० करोड आय बढेको कम्पनीले जनाएको छ । यस्तै, यस अवधिमा अन्तरआबद्धता आय भने करिब ७० करोडले घटेको कम्पनीले जनाएको छ ।
वायरले सेवा प्रयोग बढेसँगै वायरलाइन सेवाको प्रयोगमा आएको कमीले भने यस तर्फको राजस्व भने २१ करोडले घटको पनि कम्पनीले जनाएको छ । यस्तै, व्याजदर बढेर पनि कम्पनीलाई ७७ करोड ब्याज आम्दानीमा फाइदा भएको देखिएको छ । यस्तै, विदेशी विनिमय दर बढेर पनि कम्पनीलाई ३७ करोड लाभ पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्