३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा ५५ अंकले वृद्धि, कारोबार साढेँ २ अर्ब नजिक


65
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार उच्च अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ५५ अंकले उकालो लागेर २ हजार ६५ पुग्यो । पछिल्ला दिन कारोबार समेत २ अर्ब तलै रहँदै आएकोमा सोमबार केही सुधार भएर साढे २ अर्ब नजिक पुग्यो ।

सबै समुहमा हरियाली छाउँदा निर्जीबन बीमा समुहमा सबैभन्दा उच्च अढाई सय अंक बढीको वृद्धि आयो । विकास बैंक समुहमा पनि २ सय अंक नजिकको वृृद्धि आयो । जीवन बीमा, लघुवित्त, वित्त, जलविद्युत समुह पनि सय अंक बढीले बढे ।

व्यापार, होटल तथा पर्यटन र अन्य समूहमा समेत सय अंक नजिकको वृद्धि आउँदा बाणिज्य बैंक र उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १५ कम्पनीको ६० लाख बढी कित्ता शेयर २ अर्ब ४३ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८० कम्पनीको शेयर मूल्य बढ्दा जम्मा ४ कम्पनीको घटेको पनि नेप्सेले जनाएको छ । यस दिन दर्जन बढी कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।