३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


एकैदिन थपिए ८८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु


169
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोमबार ४७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।