१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बन्चरेडाँडामा फोहोर बोकेका गाडी लैजान प्रहरी परिचालन


1.144k
Shares

काठमाडौं । नुवाकोटको बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको छ ।

नुवाकोट, धादिङ र काठमाडौं गरी २५० जना प्रहरीले ७ घण्टापछि अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक रमेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँले स्थानीयले अवरोध गरेर राखेका सवारीसाधन हटाइएको बताउनुभयो । गय राति सहरी विकास मन्त्रालयले स्थानीयका सबै माग कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरिएको थियो । त्यसलगत्तै सोमबार बिहानै फोहोर बोकेका गाडी ल्यान्डफिल साइटतर्फ गएका थिए । तर, सत्तारूढ दलका स्थानीय नेता कार्यकर्ताले आन्दोलन जारी राखेका थिए ।

बन्चरेडाँडा प्रहरी बेस क्याम्पको प्रहरीले अवरोध हटाउन नसकेपछि ठूलो संख्यामा तीन जिल्लाबाट प्रहरी परिचालन गरिएको थियो । आफ्ना मागहरू पूरा नभएको भन्दै पटकपटक स्थानीयले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।