
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुग्नुभएको छ ।
दिउँसो १ बजे बुद्ध एयरको जहाजबाट राष्ट्रपति भण्डारी पोखरा पुग्नुभएको हो ।
राष्ट्रपति भण्डारीलाई विमानस्थलमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी दुई दिनसम्म पोखरामा बस्नुहुने छ ।
मंगलबार गुरुङ समुदायको महत्वपूर्ण पर्व ट्होटें तथा विन्ध्यवासिनी माविको हीरक जयन्ती समारोहमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।
बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको नवनिर्मित भवन उद्घाटन एवं हीरक जयन्ती समारोह समापन समारोहमा सहभागी भई उनी तमु धिं नेपालले नयाँबजारमा आयोजना गर्ने ट्होटें पर्वमा सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्