१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयता नचाहिने भए हटाइदिऔं : मुख्यमन्त्री शाही

‘अहिलेका मुख्यमन्त्रीभन्दा उबेलाका जिविस सभापति शक्तिशाली भए’

2.327k
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयता नचाहिने भए हटाइदिनुपर्ने तर्क गर्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रियामा उहाँले तीन तहका सरकारबीच को ठूलो भन्ने प्रतिष्पर्धा भइरहेको बताउनुभयो ।

प्रदेश सरकारलाई अधिकार सम्पन्न नगराएको आक्रोश पोख्दै उहाँले नेपालको संघीयता संसारकै सबैभन्दा कमजोर भएको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री शाहीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि संघीयता नचाहिएको हो भने हटाइदिन भनेर आग्रह गरेको समेत उल्लेख गर्नुभयो ।

उहाँले आजको मुख्यमन्त्रीभन्दा उतिबेलाको जिल्ला विकास समितिको सभापति धेरै शक्तिशाली भएको टिप्पणी गर्नुभयो ।