२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


युवा संघले उठायो उपत्यकामा थुप्रिएको फोहोर


4.16k
Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालेको छ ।

लामो समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढिरहका बेला प्रतिपक्षी दलको भ्रातृसंगठन सक्रिय भएको हो ।

संघले बिजुली बजार क्षेत्रस्थित सडकको फोहोर सोमबार उठाएको हो । नयाँ बानेश्वर, मध्यबानेश्वर र पुरानो बानेश्वर क्षेत्रको फोहोर पेप्सिकोलास्थित फोहोर प्रशोधनस्थलमा लगिने युवा संघले जनाएको छ ।

फोहोर संकलन अभियान निरन्तर चलाइने बताइएको छ । सत्तारुढ तीन दलले बञ्चरे डाँडामा फोहोर लैजान नदिने घोषणा गरेको भोलिपल्ट प्रतिपक्षी दलको संगठन फोहोर संकलनमा जुटेको हो ।

युवा संघले यो फोहोर मनोहरा मल्टिप्रपोज कम्पनीको गाडीमा प्रशोधनस्थलसम्म लगिएको छ ।