२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा एक बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ


12.493k
Shares

म्याग्दी । म्याग्दीमा ६६ वर्षीय वृद्धले एक बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा पक्राउ परेका छन् ।

खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बेनी नगरपालिका–१, रत्नेचौर बेलबोटका ६६ वर्षीय खुमनाथ शर्मालाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो ।

घरबाट साथीहरूसँगै निस्किएका बालकलाई बेलबोटमा रहेको मन्दिर नजिकै पानी माग्ने क्रममा हातखुट्टा बाँधेर अप्राकृतिक मैथुन गरेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा बालकको अवस्था हेर्दा अप्राकृतिक मैथुनबाट पीडित भएको देखिएपछि अनुसन्धानका लागि आरोपी शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयाे ।

अभियुक्त माथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे । पीडित बालकको अवस्था अहिले समान्य रहेकाे पनि उहाँले बताउनुभएकाे छ । प्रहरीले आरोपी शर्मा र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ । खेतमा पुगेका साथीहरूलाई खानेपानी लिएर आउने भन्दै निस्किएका बालक करिब २० मिनेटसम्म नआएपछि साथीहरू समेत पुगेर हेर्दा आरोपीले अप्राकृतिक मैथुन गर्दै गरेको अवस्थामा भेटेको प्रत्यक्षदर्शीले बताएका छन्।

पीडितका साथीहरुले प्रतिबाद गरेपछि आरोपी भागेका थिए । ‘आरोपीकाे विगत पनि राम्रो छैन्,‘प्रारम्भीक अनुसन्धानमा उनको संलग्नता देखिएकाे प्रहरी नायब उपरीक्षक तिलक भारतीकाे भनाइ छ । जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा पीडित बालकका परिवारले समेत किटानी जायरी दिएका छन् । पीडित बालक रोगी समेत भएको बताइएको छ ।

यो घटनाले बालिका मात्रै होइन बालक पनि यौन शोषणमा पर्न सक्छन् भनेर समाजलाई झस्काएको छ । अब समाजमा बालक यौन दुराचारका बारेमा गरेको गुनासोलाई ध्यान दिनुपर्छ, बालक शोषणमा पर्दैनन् भन्ने मान्यता हटाएर सचेत हुनु पर्ने एक अधिकारकर्मीले बताएका छन् ।

अप्राकृतिक मैथुन गर्नेबाट मनसिक माफिको क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था गरेको छ । मुलुकी ऐनको जबर्जस्तीकरणी महलको दफा ९ ’क’ मा ’कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबर्जस्तीकरणी गरेको मानिने’ उल्लेख गरिएकाे छ ।

त्यस्तो अभियुक्तलाई ६ वर्षदेखि १५ वर्षसम्म कैद सजाय तोकिएको छ। अझै पनि हाम्रो समाजमा बालक पुरुषबाटै यौन शोषणमा पर्छन् भन्नेमा विश्वास नगर्नाले यस्ता घटनाहरू भएको भन्दै समाजमा यस्ता घटना लुकाउने प्रवृत्ति र कानून कार्यान्वयन पक्ष प्रभावकारी नहुँदा समस्या भएको जानकारहरु बताउँछन् ।