
काठमाडाैं । भक्तपुरको लोकन्थलीमा साढे दुई तल्ले घरको कम्पाउण्डकाे फलामे गेटले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाईलो चोकस्थित तिलक प्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टिएर किच्दा ५ वर्षीय श्रीसिजा अर्याल गम्भीर घाइते भएकी थिइन् ।
सोही घरमा पाहुना आएकी श्रीसिजा अर्याल नुवाकोट जिल्लाकाे बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी छाेरी भएकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।
घाइते बालिकालाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुरमा लगिएकाे र उपचारको क्रममा सोमबार दिउँसाे ४:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्