
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा घरभित्र प्रवेश गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं नयाँबस्ती पाटिटार बस्ने रामसिंह तामाङ, जोरपाटी बस्ने दिलबहादुर स्याङतान र सोही स्थान बस्ने सुशील भन्ने बाबुलाल थिङलाई पक्राउ गरेको हो ।
सो समुहले यही साउन २४ गते राती कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाइ नगद सुन र हिराका गहना लुटेर फरार भएका थिए ।
प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णकुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट हतियार र १ लाख ४२ हजार रुपैयाँ तथा मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्