
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ ।
आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको दाहाललको भनाई छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको दाहालले बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ । उहाँले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको भन्दै भट्टराइले आगामी दिनमा वृहत अग्रगामी शक्तिको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताउनुभयो ।
समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्