
काठमाडौं । रुस अधिनस्थ क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा लगातार आक्रमण र विष्फोट भएको छ ।
युक्रेनी सेनाले एउटा साेही सैन्य गोदाममा विष्फोट गराएको आरोप रुसी रक्षा मन्त्रालयले लगाएको हाे । विष्फोटका कारण ३ हजार मानिस विस्थापित भएका छन् भने रेलवे तथा यातायात सेवा पनि अवरुद्ध भएको छ ।
क्राइमियाको मेस्कोप गाउँ नजिक रहेको गोलाबारुद भण्डारमा भएको विष्फोटमा मानवीय क्षति नभएता पनि हजारौं जनताको बिचल्ली भएको छ । युक्रेनले भने विष्फोटकाे जिम्मा लिएको छैन् । यसअघि पनि युक्रेनले क्राइमियामा रुसी बेसक्याम्पमा लगातार रुपमा आक्रमण गर्दै आएको थियो ।
गत साता युक्रेनी सेनाले सोही क्षेत्रमा गरेको विष्फोटका कारण रुसतर्फ ठूलो क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्