५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सुदूरपश्चिमा आज ओल्के पर्वको रौंनक


221
Shares

डडेल्धुरा । प्रत्येक वर्ष भाद्र १ गतेका दिन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओल्के पर्व मनाईएकाे छ ।

छरछिमेकमा सगुन उपहार कोशेली बाडेर खाने चलन ओल्के पर्वलाई स्थानीय परम्परा र संस्कृतिको धरोहरको रुपमा मानाउने प्रचलन रहेकाे छ । आजका दिन मान्यजनलाई पिडालुको कलिलो पातहरु अथवा गाभा, दही-दूध र गोरस दिएर स्वागत सम्मान गर्ने परम्परा रहेकाे छ ।

किशोर-किशोरीहरु सार्वजनिक चौबाटो नजिक काँडा तथा झाडीका हाँगाबिंगाहरु सकलन गरी राक्षशी पुतनाको प्रतिकको रुपमा बुढी बाँध्ने चलन रहेकाे छ । ओल्के संक्रान्तिमा मिठोमसिनो पकाउने खाने, बाड्ने र छोरी-बहिनीलाई सकभर माईतिमा बोलाउने र आउन नसके उहीं गएर पनि पकाएको परिकारलाई कोशेलीको रुपमा पठाउने चलन रहेकाे छ ।

ओल्के पर्वकै अवसरमा आज बुधबार सुदूरपश्चिममा सार्वजनिक बिदा समेत दिईएको छ ।