१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल


221
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकतामा पार्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो । उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताउनुभयो ।

उहाँले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताउनुभयो । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिनुभयो ।

उहाँले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले ठूला नगरपालिकाले समेत विषेश बजेट अन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताउनुभयो ।