१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी


520
Shares

मकवानपुर । बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी भएको छ ।

बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको दुई वटा अध्यादेश जारी गर्नुभएको हो ।

बुधबार जारी भएको दुई अध्यादेशमध्ये एउटा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ तथा अर्को स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ रहेका छन् ।

प्रदेश प्रमुख शर्माले उक्त दुई अध्यादेशलाई आजै सवैधानिक प्रक्रिया पूरा गरी जारी गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।