
काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार करिब स्थिरजसो रह्यो ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर २ हजार ४० दशमबल ७ कायम भएर थामियो । बुधबार नेप्से पटक पटक सकारात्मक रहेर पनि अन्तिमा रातो रहेर थामिएको हो ।
मंगलबार पौने ३ अर्बको कारोबार भएकोमा बुधबार उल्लेख्य घटेर डेढ अर्ब तलै सीमित भयो । बुधबार ७ वटा समुह सकारात्मक पनि रहे । बाँकी ६ वटा समुह सामान्य अंकले ऋणात्मक रहेका हुन् । यस दिन २ सय २० कम्पनीको ३४ लाख ९७ हजार कित्ता शेयर जम्मा १ अर्ब ४० करोड बराबरमा खरीदविक्री भएको छ ।
यस दिन १ सय २ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यस्तै, १४ कम्पनीको शेयरमूल्य स्थिर रहँदा ६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि भएको छ । यस दिन स्वयतगंगा हाइड्रोपावर, मन्दाकीनी हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, अप्पर सोलु हाइड्रो लगायतका कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागे । सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आयो । बुधबार कारोबार रकमको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको १८ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्