२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने


52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबारको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताउनु भयो ।

प्रवक्ता महराले बुधबारको बैठकबाट करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताउनुभयो ।

प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताउनुभयो ।