
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी बलिङ वरीयतामा सुधार आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका हुन् ।
बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् ।
कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत छन् । अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् । एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहँदा सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् ।
एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत छन् । नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहदा टी–ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्