१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले विवरण शीर्ष तहमा बुझाउने


429
Shares

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने भएको छ ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

शिर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्य समेत रहनु भएका मन्त्री कार्कीले अव बस्ने कार्यदलको बैठकले यसलाई टुंगोमा पु¥याउने दाबी गर्नुभयो ।

उहाँले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लड्ने सहमति गर्नु भएका बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने बताउनुभयो ।