२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिन्धुलीको धानमा पात बेरुवा रोग, किसान चिन्तित


156
Shares

सिन्धुली । सिन्धुलीमा रासायनिक मल र किटनाशक औषधीको प्रयोगबिनै लगाएका किसानको धानखेतीमा पात बेरुवा रोग लाग्नाले उनीहरु चिन्तित बनेका छन् ।

धान बालीमा देखापरेको पात बेरुवा रोग नियन्त्रणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र तथा स्थानीय तहमा रहेका कृषि प्राविधिकहरुले समयमै चासो नदेखाएको किसानको आरोप छ ।

सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न स्थानहरु र कमलामाई नगरपालिकाको माडीफाँट, गौमतीफाँट, भिमान र निवुवाटार, कमलाखोच क्षेत्र, मरिण गाउँपालिकाको कपिलाकोट र महादेवस्थान, तीनपाटन गाउँपालिकाको चदाहा लगायतका धानबाली उत्पादन हुने पकेट क्षेत्रहरुमा धानखेतीमा देखापरेको पात बेरुवा रोगले ३४ हजार हेक्टर क्षेत्रमा लगाएको धानबाली नोक्सान हुने भएको हो ।

पात बेरुवा रोगको प्रकोप फैलिएको क्षेत्रमा कृषि ज्ञान केन्द्र सिन्धुलीका प्राविधिकहरु किसानहरुको धान खेतमा नजादाँ किसानहरुले लगाएको धानबाली सखाप भएर गएको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।